८ बैशाख २०८१, शनिबार
Follow Us

नवनियूक्त राजदूत क्षेत्रीले भोलिबाटै दूतावास समाल्ने

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार १२:०८

लन्डन । बेलायतका लागि नवनियूक्त राजदूत डा. दुर्गाबहादुर क्षेत्री आफ्नो कार्य समाल्न आज बेलायत आइपुग्दै छन् । क्षेत्री आफ्नी श्रीमती पुनम क्षेत्री सहित आजै काठमाण्डौंबाट लन्डनका लागि प्रस्थान गरेका छन् । क्षेत्री बेलायतका लागि २० औं नेपाली राजदूत हुन् ।

झापाका स्थायी बासिन्दा सुवेदीले परराष्ट्र सेवामा प्रवेश गरेको झण्डै ३० वर्षको अवधिमा २१ भदौंमा लामो दौत्य सम्बन्धको इतिहास बोकेको मुलुकको राजदूत बन्ने अवसर पाएका हुन् । राजदूत नियुक्त हुनुअघि सहसचिव सुवेदी परराष्ट्र मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए ।

सुवेदीका लागि परराष्ट्र सेवा र विभिन्न मिसनहरुमा हासिल गरेको लामो अनुभव सबैभन्दा पुरानो मित्रराष्ट्रसँग सम्बन्ध सुधार, जनस्तरमा सम्बन्ध निर्माण र नेपालको समृद्धिमा बेलायतको सहयोग अभिवृद्धिमा सहयोगी हुने विश्वास गरिएको छ ।