१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए बैठकमा पुरानै अजेण्डा (अजेण्डा सहित)

नेपालब्रिटेन डट कम्
२५ पुष २०७५, बुधबार ०८:२०

दोहा । शुक्रवार देखि काठमाण्डौंमा शुरु हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को पूर्ण बैठक (फेस टु फेस) मा भाग लिन केन्द्रिय पदाधिकारीहरु काठमाण्डौंमा उत्रिन थालेका छन् । बुढानिलाकण्डस्थित पार्क भिलेज रिसोटमा आयोजना हुने सो बैठकमा आधिकांस पुरानै अजेण्डाहरुलाई प्राथामिकतामा राखिएको छ । गैरआवासीय नेपाली संघका केन्द्रिय सदस्य रामशरण सिमखडाका अनुसार बैठकको तयारी अन्तिम चरणमा पुगेको छ ।

युरोप, अमेरिका, अष्ट्रेलिया, अफ्रिकका क्षेत्रका गैरआवासीय नेपालीहरु काठमाण्डौंमा आइपुगेका छन् । संघका अध्यक्ष भवन भट्ट, उपाध्यक्ष कुमार पन्त, महासचिव डा. बद्रि केसी, लगायतका पदाधिकारी काठमाण्डौं पुगिसकेका छन् ।

शंखमुल पार्क, एनआरएनए भवन, लार्रपाक, माइक्रो फाइनाइन्स्, उज्यालो नेपाल लगायतका पुरानै अजेण्डा माथि पुनः छलफल गर्ने एनआरएनएको तयारी रहेको छ । संघका एक पदाधिकारीले पटक पटक छलफल भएका अजेण्डाहरुलाई ब्रिफिङको रुपमा बैठकमा प्रस्तुत गर्ने तयारी गरिएको वताए ।

बैठकमा सबै पदाधिकारीहरुलाई आआफ्ना रिपोट प्रस्तुत गर्न समय छुट्टाएको छ । शुक्रवार बिहान ८ बजे देखी सुरु हुने बैठकमा संघका मानार्थ परिषद सदस्यहरु (अनररी काउन्सिल), सल्लाहकार, संरक्षक, बिभिन्न समिति तथा उपसमितिका प्रतिनिधीहरुलाई पर्यवेक्षको रुपमा समेत आमन्त्रण गरिएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

बैठकमा अधिकांस पुराना अजेण्डा प्रस्तुत हुने भए पछि संघका केन्द्रिय सदस्यहरुले परम्परागत बैठक भन्दै अजेण्डा प्रति असन्तुटि व्यक्त गरेका छन् ।

11 Jan, 2019,

08:00 AM Assembly at the venue and Breakfast

09:00- 09:10AM Welcome and Opening by the NRNA President

09:10-09:40AM Presentation of the SEJON on the research being carried out on NRN Investment in Nepal

09:40-11:40AM Report and Presentation of the Task Force, Committee and Subcommittee

(Skype Online System will be open for those who cannot be physically present)

11:40AM-12:40PM Meeting with Patrons, Advisors and Honorary Council Members

(Skype Online System will be open for those who cannot be physically present)

12:40-01:30PM Lunch

01:30-04:00PM 65th ICC Meeting

(Skype Online System will be open for those who cannot be physically present)

Eligible Participants:

IES, OB, ICC Members

Observers: (on invitation)

Patron Council Members; Advisors; Honorary Council Members; NCC Presidents; NRNA Task Force, Committee & Sub Committee – Chair /Conveners

04:00-05:00PM Review of the last years’ road map and planning for the remaining tenure

05:00-06:00PM Summary of the meeting and the closing

06:00PM onwards Dinner