१३ बैशाख २०८१, बिहीबार
Follow Us

अटोरिक्सा दुर्घटना,एकको मृत्यु दुई घाइते

sarusaru
२६ पुष २०७५, बिहीबार ०३:००

चितवन । जिल्लामा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३ वर्षीय होममाया थापा (लामिछाने) को मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते उनलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।

अटोमा सवार उनका श्रीमान् ३५ वर्षीय सन्तोष लामिछाने र छोरा पाँच वर्षीय सुशान्त घाइते भएका छन् । गम्भीर घाइते सुशान्तको भरतपुरमा उपचार हुन नसकेपछि ग्राण्डी अस्पताल काठमाडौं सिफारिश गरिएको अस्पतालले जनाएको छ । अटो र अटो चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अनलाइन खबर