१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल एयरलाइन्सले जापानमा दैनिक दुई उडान भर्न पाउने

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७५, बिहीबार ०५:०९

काठमाडौं । नेपाल र जापानबीच हवाई सेवा सम्झौता भएको छ । गत असार १४ मा पुनरावलोकन भएको हवाई समझदारी लागू गर्न दुई देशका परराष्ट्र मन्त्रीबीच सम्झौता भएको हो । हिजो बुधबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानी समकक्षी तारो कोनोले नोट आदान प्रदान गरी समझदारी कार्यान्वयनमा ल्याएका हुन् ।

नयाँ व्यवस्थासँगै नेपालका एयरलाइन्सले जापानको हानेदा एयरपोर्ट बाहेकका विमानस्थलमा उडान तथा अवतरण गर्न पाउने छन् । भेटको क्रममा जापान सरकारले ल्याएको नयाँ अध्यागमन नीति अनुसार नेपाली श्रमिक जापान पठाउने विषय पनि छलफल भएको थियो ।

जापानका परराष्ट्रमन्त्री तारो कानोले द्धिपक्षीय सम्बन्धलाई थप उचाईमा पुर्याउन निरन्तर उच्चस्तरीय भ्रमणको आदानप्रदान हुनुपर्नेमा जोड दिए । नयाँ सम्झौताअनुसार अब नेपालका एयरलाइन्सले दैनिक २ उडान जापानका विभिन्न सहरमा गर्न पाउनेछन् ।