७ बैशाख २०८१, शुक्रबार
Follow Us

डा.केसीको सत्याग्रह दोस्रो दिन पनि जारी

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७५, बिहीबार ०६:१८

इलाम । प्रा.डा. गोविन्द केसीले बुधबारदेखि सुरु गरेको १६औं चरणको सत्याग्रह दोस्रो दिन जारी छ । इलाम सदरमुकामस्थित फूलगाछीमा बुधबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरी डा. केसीले अनशन सुरु गरेका हुन् ।

सरकारले साउन १० गते आफूसित गरेको सहमति पालना नगरेको भन्दै उनले सरकारसँग भएको सम्झौतालाई अक्षरशः पालना गर्दै अविलम्ब चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गर्नुपर्ने उनको माग छ । अनशनको तयारीका लागि डा. केसी मंगलबारै इलाम आएका थिए ।

अत्याधिक चिसो बढेका कारण इलाममा मानिसहरुको चहलपल न्यून रहे पनि शहरी विकास तथा भवन निर्माण विभागअन्तरगत डिभिजन कार्यालय इलामको पुरानो कार्यालय फूलगाछीमा उनको सत्याग्रह जारी छ ।