१२ बैशाख २०८१, बुधबार
Follow Us

मगर समुदायले दुई दिन ‘माघे सकराती’ मनाउने

नेपालब्रिटेन संवाददाता
२६ पुष २०७५, बिहीबार १३:००

काठमाडौं । मगर समुदायको राष्ट्रिय सांस्कृतिक चाड ‘माघे सकराती’ यस वर्ष मगर समुदायले दुई दिन मनाउने भएको छ । नेपाल मगर सङ्घले आज पत्रकार सम्मेलन गरी यही पुस ३० गते र आगामी माघ १ गते काठमाडौँको टुँडिखेलमा माघे सकराती मनाउने भएको हो ।

माघे सकराती मगर समुदायको नयाँ वर्षको शुरुआत पनि हो । ‘माघे सकराती राष्ट्रिय चाड मनाउँदै अघि बढौँ, मगरात परिचान र अधिकार प्राप्तिका लागि लडौँ’ भन्ने नारासहित सङ्घले चाड मनाउने सङ्घका अध्यक्ष नवीन रोका मगरले जानकारी दिनुभयो । पर्वका अवसरमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी तथा मौलिक मगर खाना तथा पोशाकको प्रदर्शनी गरिने बताइएको छ ।