१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएन पुस्तकालय तथा स्रोत केन्द्र हस्तान्तरण

नेपालब्रिटेन डट कम्
२७ पुष २०७५, शुक्रबार ०२:१३

काठमाण्डौं । गैरआवासीय नेपाली संघ, नेपालपत्रकार महासंघ र नेपाल लाइब्रेरी फाउण्डेशनबीच गत असोज २५ गते भएको त्रिपक्षीय सम्झौता बमोजिम निर्माण भएको पत्रकार पुस्तकालय तथा स्रोत केन्द्रको भौतिक संरचना हस्तान्तरण गरिएको छ । गैर आवासीय नेपाली संघको आर्थिक सहयोगमा निर्मित सो संरचना नेपाल लाइब्रेरी फाउण्डेशनको प्राविधिक तत्वाधानमा निर्माण भएको हो । कार्यक्रममा संघका अध्यक्ष भवन भट्टले संघले पढ्ने प्रवृत्तिलाई विकास गर्ने उद्देश्यले संघले पुस्कालयको अवधारणाल्याएकोमात्यसले मूर्त रुप लिएको उल्लेख गर्नुभयो । उहाँले हाल पुस्तकालयको सानो स्वरुपमा सुरु गरिएको अवधारणालाई आगामी दिनमा सञ्चार संग्रहालयको रुपमा विस्तार गर्नुपर्ने र त्यसका लागि संघको तर्फबाट गर्नुपर्ने सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा प्रेश काउन्शिलका कार्यबहाक अध्यक्ष किशोर श्रेष्ठले पुस्तकालयलाई नमूना स्रोत केन्द्रको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपालमाअस्तिव्व नै लोप हुने अवस्थामा रहेका पुस्तकालयको विकासको लागि पछिल्लो कदम कोसेढुङ्गा हुने बताउनुभयो । यस्तै पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भौतिक संरचना पूरा भए पनि थप स्रोत साधन वृद्धि गर्दै पुस्तकालयलाई अध्ययन र खोज केन्द्रको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै नेपाल लाइब्रेरी फाउण्डेशनका उपाध्यक्ष मणीराम फुँयालले कुनै पनि काम सुरु गर्नु ठूलो कुरा नभई त्यसको निरन्तरता महत्वपूर्ण भएकोले त्यसतर्फ तीनै पक्षको प्राथमिकता रहनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा संघका प्रवक्ता भूषण घिमिरेले पुस्तकालयको भौतिक पूर्वाधार मात्रै सम्पन्न भएकोले अबका दिनमा त्यहाँ आ–आफ्नो स्थानबाट श्रोत साधन अभिवृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । सो अवसरमा संघका तर्फबाट अध्यक्ष भवन भट्ट उपाध्यक्षद्वय कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, प्रवक्ता भूषण घिमिरे, ओसनिया क्षेत्रका संयोजक धर्मराज अधिकारी, सल्लाहकार डा. हेमराज शर्मा लगायत अन्य पदाधिकारीको उपस्थिती थियो ।