८ बैशाख २०८१, शनिबार
Follow Us

जलपक्षी गणना सम्पन्न

sarusaru
२७ पुष २०७५, शुक्रबार ०३:०१

कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जलपक्षी गणना सम्पन्न भएको छ । विशेषज्ञको सहयोगमा चार दिन लगाएर जलपक्षी गणना गरिएको हो।

निकुञ्जको रानीताल, सलगौडी, कालीकिच, तारा, सिकारी र बाबा ताल तथा महाकाली नदीलगायतका ताल र सीमसार क्षेत्रमा जलपक्षी गणना गरिएको निकुञ्जका सहायक संरक्षण अधिकृत उत्तम चौधरीले बताए ।

उहाँका अनुसार सीमसार क्षेत्र, आहारा, सुरक्षा र गुँड लगाउनका लागि पर्याप्त स्थान भएकाले शुक्लाफाँटामा जलपक्षीको सङ्ख्याप्रति वर्ष बढ्दो क्रममा छ ।

उत्तरी धु्रवमा चिसो बढेपछि चिसो छल्नका लागि बसाइँ सार्दै पाहुना जलपक्षी यहाँका सीमसार क्षेत्र, ताल तलैया, नदीलगायतका क्षेत्रमा पुग्ने गर्दछन् । जलपक्षी गणनाको नतिजा चरा गणना सकिएपछि संयुक्तरुपमा सार्वजनिक गरिने उनको भनाइ छ ।

गत वर्षको जलपक्षी अनुगमनमा ५८ प्रजातिका तीन हजार ६४१ वटा जलपक्षी फेला परेका थिए । सिमसार क्षेत्रमा बच्चा कोरलेर जलपक्षी चैतदेखि जेठ महीनासम्म पुनःसाइवेरिया लगायतका क्षेत्रमा फर्कने गरेका छन् ।
डिसी नेपाल