१२ बैशाख २०८१, बुधबार
Follow Us

पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोण सरकारलाई प्रेरणादायी : राष्ट्रपति भण्डारी

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७५, शुक्रबार ०४:३७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै राष्ट्रलाई समुन्नत, स्वावलम्बी र सक्षम बनाउन महत्वपूर्ण उपायहरू सुझाएको बताएकी छिन् ।

राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले पुर्खाहरूको वीरता, चातुर्य र स्वाभिमानयुक्त गुणले गर्दा नै हामीलाई सदासर्वदा स्वाधीन मुलुकको नागरिकका रूपमा शिर ठाडो पारेर बाँच्न मद्दत पुर्‍याएको बताएकी हुन् ।

उनले एकीकरण नभएको भए औपनिवेशिकताको प्रवाहलाई रोक्न सकिने थिएन र स्वतन्त्र राष्ट्रका रूपमा उठ्न र स्वतन्त्र राष्ट्रकै रूपमा रहन पनि सम्भव थिएन भनेकी छन् । पृथ्वीनारायण शाहका जीवन्त दृष्टिकोण सरकारले अघि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को सामयिक संकल्प पूरा गर्न प्रेरणादायी हुने विश्वास समेत उनको छ ।