१५ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानसेनापति थापा आज भारत भ्रमणमा जाँदै

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७५, शुक्रबार ०५:०१

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र भारतका स्थलसेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणमा आज भारत प्रस्थान गर्दै छन प्रधानसेनापति भइसकेपछि उनको यो पहिलो विदेश भ्रमण हो ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार भारत भ्रमणका क्रममा प्रधानसेनापति थापालाई शनिवार भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट भारतीय स्थलसेनाको मानार्थ महारथी दज्र्यानी चिन्हबाट सम्मान गर्ने कार्यक्रम रहेको छ । नेपाल र भारतबीच एक अर्काका सेना प्रमुखलाई मानार्थ महारथी सम्मानबाट सम्मानित गर्ने परम्परा छ ।