१३ बैशाख २०८१, बिहीबार
Follow Us

नेविसंघका ८ पदाधिकारीले दिए राजीनामा

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७५, शुक्रबार ०८:२७

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका ८ जना पदाधिकारीले सामूहिक राजीनामा दिएका छन् । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै उनीहरुले आज पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएका हुन् । राजिनामा बुझाउनेमा उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन् । वर्तमान कार्यसमितिले १२ औं महाधिवेशन गर्न नसक्ने देखिएपछि निकास दिन राजिनामा गरिएको असन्तुष्ट नेताहरुले जानकारी दिएका छन् ।