६ बैशाख २०८१, बिहीबार
Follow Us

किन फुट्यो विवेकशील साझा पार्टी ?

नेपालब्रिटेन संवाददाता
२७ पुष २०७५, शुक्रबार १४:०१

काठमाडौं । विवेकशील साझा पार्टी फुटेको छ । संयोजक उज्वल थापाले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । ३७ सदस्यीय केन्द्रीय समितिमध्ये १६ जना निर्वाचन आयोगमा पुगेका छन ।

नयाँ दलको नाम ‘विवेकशील नेपाली दल’ प्रस्ताव गरिएको छ । थापाले हालै मात्र पार्र्टी गलत बाटोमा हिँडिरहेको भन्दै अर्का संयोजक रविन्द्र मिश्रको विरोध गरेका थिए ।

संयोजक रवीन्द्र मिश्र पक्षले त्यसमाथि छलफल गर्नुको साटो ६ जना केन्द्रीय सदस्य सिफारिस गर्ने, विभागहरु भंग गर्ने र महिला तथा युवा संगठन बनाउने सिफारिस गरेपछि उज्वल थापा समूहले नयाँ दल गठन गरेका हुन् ।