७ बैशाख २०८१, शुक्रबार
Follow Us

लुम्बिनीमा छुट्टाछुट्टै प्याकेजमा हट एयर बेलुन सञ्चालन

sarusaru
२८ पुष २०७५, शनिबार ०४:२१

काठमाण्डौ – अन्तर्राष्ट्रिय बुद्धिस्ट ट्राभल मार्टको अवसर पारेर लुम्बिनीमा पनि यही पौष २६,२७, र २८ गते हट एयर बेलुन उडाइएको छ ।

पर्यटकलाई बुद्धको जन्मस्थल लुम्बिनी , मावली देवदह , तिलौराकोट ,जगदीशपुर ताल र नवलपरासीको रामग्राम अवलोकन गराउने उद्देश्यले हट एयर बेलुन लुम्बिनीमा रहेको हेलिप्याडदेखि सुरु भएको हो । छोटो दुरीमा १० मिनेट र लामो दुरीमा ३० मिनेटसम्म उड्ने यस बेलुनका छुट्टाछुट्टै दुई प्इाकेज रहेका छन् ।
१० मिनेट उडानका लागि आयोजकले सेवाग्राहीसँग २००० प्रतिव्यक्ति र आधा घण्टाका लागि नौ हजार प्रतिव्यक्ति लिने गरी टिकट व्यवस्थापन गरेको थियोे । विदेशी पर्यटकको लागि भने आधा घण्टाको लागि १२० अमेरिकी डलर शुल्क लाग्ने आयोजकले बताएको छ ।