१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमबिबिएस भर्नामा निजी मेडिकल कलेजको मनपरी

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७५, आईतवार ०५:२७

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि व्यापाक बहस भइर हेको बेला निजी मेडिकल कलेजहारुले मनपरी शुल्क लिएका छन् । सरकारले उपत्याकामा ३८ लाख ५० हजार र उपत्याकाबाहिर ४२ लाख ४५ हजारसम्म व्यवस्था गरेको छ ।

तर, मेडिकल पठाउने मेडिकलहरुले १४ लाख बढी लिएको भेटिएको छ । वीरगञ्जस्थित नेपाल मेडिकल कलेजले एमबिबिएसका विद्यर्थीसँग सरकारले तोकेभन्दा १४ लाखसम्म बढी शुल्क असुलेको खुलेको छ । गत २६ असोजमा सरकारले एमबिबिएस उपत्याकाभित्रका कलेजलाई ३८ लाख ५० हजार र काठमाडौं बारिहका कलेजलाई ४२ लाख ४५ हजार शुल्क निर्धारण गरे पनि नेशनल मेडिकल कजेलले ५५ लाख ८५ हजार ५ सय उठाएको भेटिएको हो ।

नेपाल मेडिकल कलेजले नियम मानेको देखाउन दुई थरी बिल बनाउने गरेको पनि सूचना चुहिएको छ ।