१५ चैत्र २०८०, बिहीबार
Follow Us

रुपन्देहीमा प्रहरी र तस्कर समूहबीच झडप, एकजनाको मृत्यु

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७५, आईतवार ०५:२९

रुपन्देही । रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्कर समूहबीच गएराति भिडन्त हुँदा एक तस्करको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक हृदय थापाका अनुसार बिशेष सूचनाको आधारमा तस्करी रोक्न पुगेका प्रहरीलाई लक्षित गर्दै तस्करहरुले फायर गरेपछि प्रहरीले जवाफी कारबाही गरेको हो ।

मोटरसाईकलमा आएका तस्करहरुलाई सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनिहरुले प्रहरी माथी नै गोली चलाएको थापाले बताए । तस्करको गोली प्रहारबाट प्रहरी जवान कृण्ण श्रेष्ठ पनि घाईते भएका छन् । उनको बाँया पाखुरामा गोली लागेको छ । प्रहरीको गोली लागी मृत्यु भएको तस्करको भने पहिचान खुल्न सकेको छैन ।