७ बैशाख २०८१, शुक्रबार
Follow Us

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा पेश हुँदै

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७५, आईतवार ०७:११

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदनसहित प्रतिनिधिसभामा आज प्रस्तुत हुने भएको छ । मध्यान्ह बस्ने प्रतिनिधिसभा बैठकमा महिला, बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति जयपुरी घर्तीले प्रतिवेदन पेस गर्ने कार्यसूचि छ ।

प्रतिवेदनमा ऐन लागु भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गैरनाफामुलक हुने लगायतका विषय समेटिएका छन् । समितिमा भएको छलफलमा प्रतिपक्षी कांग्रेसले भने फरक मत राखेको थियो । समितिको प्रतिवेदनमाथि असहमति जनाउँदै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले इलाममा १६ औं चरणको अनसन जारी राखेका छन् ।

प्रतिनिधि सभाको आजैको बैठकले संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण पहिलो संसोधन, निवृत्तिभरण कोष र भुक्तानी तथा फस्र्यौट विधयेक पनि पारित गर्ने कार्यसूचि छ । त्यस्तै आजको बैठकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक पेश हुने संसद सचिवालयले जानकारी दिएको छ ।