१५ चैत्र २०८०, बिहीबार
Follow Us

यिनै हुन्– सचिवलाई कार्यकक्षमा बोलाएर झापड हान्ने मन्त्री

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७५, आईतवार १३:४४

जनकपुर । प्रदेश दुईका आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले सचिव विद्यानाथ झालाई कार्यकक्षमै बोलाएर झापड हानेका छन् । आफुले भनेको एनजिओलाई योजना नपारेको भन्दै मन्त्री यादवले आज कार्यकक्षमै बोलाएर कुटपिट गरेको पर्यटन सचिव झाले बताएका छन् । घटनापछि कुटाई खाने सचिवलाई प्रहरीले उल्टै नियन्त्रणमा लिएको छ ।

संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनौट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले बताए।क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालनका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाहरुले आशय पत्र दिएका थि ए। त्यसमा ४० वटा संस्था छनोट भएका थिए ।

सचिव झालाई मन्त्रीले कुटपिट गरेपछि कर्मचारीहरुले मुख्य ढोकामा धर्ना दिएका थिए। मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको हो । मन्त्री यादवले भने आफूले सचिवलाई नकुटेको दाबी गरेका छन् ।