१३ बैशाख २०८१, बिहीबार
Follow Us

चिकित्सा शिक्षा विधेयक प्रतिवेदन संसदमा पेश

नेपालब्रिटेन संवाददाता
२९ पुष २०७५, आईतवार १३:४७

काठमाडौं । बहुचर्चित चिकित्सा शिक्षा विधेयक सम्बन्धी प्रतिवेदन आज संसदमा पेश भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले प्रतिनिधि सभा बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिवेदन २०७५ पेश गरेकी हुन् । प्रतिवेदनमा ऐन लागु भएको १० वर्षपछि मुलुकका सबै मेडिकल कलेज गैरनाफामुलक हुने लगायतका विषय समेटिएका छन् । प्रतिपक्षी कांग्रेसले भने विधेयकप्रति असन्तुष्टि जनाउँदै आएको छ । समितिको प्रतिवेदनमाथि असहमति जनाउँदै त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले इलाममा १६ औं चरणको अनसन जारी राखेका छन् ।