१५ चैत्र २०८०, बिहीबार
Follow Us

मगर सङ्घ गण्डकी प्रदेशमा सिद्धान्त

नेपालब्रिटेन संवाददाता
३० पुष २०७५, सोमबार ०४:२५

गलकोट । नेपाल मगर सङ्घ गण्डकी प्रदेशको अध्यक्षमा सिद्धान्त गर्जा मगर निर्वाचित हुनुभएको छ । यही पुस २७ र २८ गते बागलुङमा सम्पन्न गण्डकी प्रदेशको प्रथम अधिवेशनले गर्र्र्जा मगरको अध्यक्षतामा ३५ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको आइतबार बागलुङमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइयो ।

तनहुँ जिल्लामा जन्मेका गर्जा मगर लामो समयदेखि मगर समुदायको अधिकारका लागि लागिरहनुभएको थियो । समितिको प्रथम उपाध्यक्षमा गणेशबहादुर थापा मगर, उपाध्यक्षमा हेमबहादुर बुढामगर, मुख्य सचिवमा विष्णुबहादुर रानामगर, सचिवमा हेमन्त थापामगर, राजकुमार थापामगर र देवीसरा पुलामी मगर रहनुभएको छ भने महिला सचिवमा तारामाया थापा मगर रहनुभएको छ । त्यस्तै समितिको कोषाध्यक्षमा तुलबहादुर सुनारी मगर, सहकोषाध्यक्षमा मोहन थापामगर रहनुभएको छ ।

यस्तै सदस्यमा यामकुमारी राना, डिलबहादुर आलेमगर, नन्दबहादुर थापा मगर, भीमकुमारी आले, इन्द्रबहादुर थापा, पवित्रा थापामगर, टकबहादुर रानामगर, इन्द्रमाया रानामगर, सुस्मिता थापामगर, उक्तमप्रसाद वकावल मगर, सिंहबहादुर ढेगामगर, रासबहादुर थापामगर रहनुभएको छ ।

यस्तै बुद्धिबहादुर थापामगर, ज्ञानीसरा थापामगर, दानबहादुर थावपामगर, नारायण थापामगर, लक्ष्मी राना, बालकुमार रोकामगर, अनिल रामजाली मगर, यामकुमारी गर्बुजामगर, बवानीशङ्कर पुनमगर, छविकला थापामगर, योगेश भण्डारी मगर, जितबहादुर पुनमगर, यामबहादुर आलेमगर रहनुभएको थियो ।
अधिवेसनमा गण्डकी प्रदेशका १० जिल्लाका ७४ स्थानीय तहबाट ३०० प्रतिनिधि सहभागी भएका थिए ।