६ चैत्र २०८०, मंगलवार
Follow Us

हिन्दु राज्यका बिषयमा जनमत संग्रह गरिनेपर्ने कांग्रेस महामन्त्री कोइरालाको भनाइ

नेपालब्रिटेन डट कम्
१२ आश्विन २०७३, बुधबार १४:४५

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले धर्मका बिषयमा ठोस निर्णय लिन जनमत संग्रहमा जानुपर्ने बताउनु भएको छ । न्युज २४ टेलिभिजनसंग कुरा गर्दै महामन्त्री कोइरालाले धर्मका बिषयमा जनमतसंग्रहमा गए देशलाई पनि फाईदा हुने स्पष्ट पार्नु भयो । उहाँले आफु शुरु देखिनै धर्मनिरपेक्ष भन्दा पनि हिन्दु राज्यका पक्षमा भएकाले जनमत संग्रह भएमात्र त्यो बिषयको टुंगो लाग्ने दावी गर्नु भयो । नेपालमा ७० प्रतिशत भन्दा बढी मानिस हिन्दु भएकाले हिन्दु राज्यनै राम्रो हुने उहाँको धारणा छ ।
संविधान कार्र्यान्वयन गर्दा भोलिका दिनमा द्धन्द्ध नहुनका लगि पनि हिन्दु राज्य कायम गर्ने नगर्ने बिषयमा जनमतसंग्रह गर्नुपर्ने महामन्त्री डा. कोइरालाई भनाई थियो ।