६ चैत्र २०८०, मंगलवार
Follow Us

चिच्याएर वर मागे मात्र पुरा हुने मन्दिर ,जहाँ वर्षको २ चोटी मात्र पुजा हुन्छ

sarusaru
२ माघ २०७५, बुधबार ०५:५०

बाग्लुङ जिल्लाको दक्षिण भागको बरेङ गाउँपालिकाको साग्दी भन्ने ठाउँमा अवस्थित सत्यवती ( बैरी बज्यैको) मन्दिरमा वर्षको दुईचोटी मात्र पुजा हुन्छ । चर्को आवाजमा चिच्याएर वर मागे मागेको कुरा पुग्ने यस मन्दिरमा जेठको पूर्णिमा र मंसिरको धान्य पूर्णिमामा मात्र पूजा हुन्छ ।अरु दिन यो मन्दिर खुल्दैन ।
वर्षको २ चोटी मात्र पुजा हुने हुनाले अघिल्लो दिन नै भक्तजनहरुको भिड हुने गर्दछ । अघिल्लो राती १०– ११ बजेदेखि नै मन्दिरमा पुजा गर्नको लागि भक्तजनहरु लाइनमा बस्दछन् । अघिल्लो दिनदेखि नै पञ्चहल ल्याउन सुरु गरिन्छ र पूर्णिमाको दिन दिउँसो १२ बजेपछि मात्र बलि दिने पूजा सुरु हुन्छ र त्यो दिन राती १२ बजेसम्म मेला लाग्ने गर्दछ ।
यस मन्दिरका अनेक किंवन्ती पाइन्छन् । पहिले मनमनै वर मागेपनि हुने यी देवी पछि भक्तजनहरुले नकरात्मक वर माग्न थालेपछि वैरी बनेको र डाडाँदेखि तल झरेर बसेको किंवदन्ती बुढापाकाहरु गर्दछन् ।
मन्दिर डाडाँको तल रहेको छ यसको नजिकै खासै घरहरु छैनन् । केही तल भने मगर बस्ती रहेको छ ।