August 12, 2020
10:16 AM | 3:01 PM

बन्धक बनाइएका एक जनाको उद्दार

  16/01/2019 मा प्रकाशित

कैलाली। कुटपिट गरी बन्धक बनाइ राखिएको अवस्थामा प्रहरीले एक जनाको उद्दार गरेको छ। बन्धक बनाइ राखेको अवस्थामा प्रहरीले कैलाली गोदावरी नगरपालिका–६ घइ भइ धनगढी उपमाानगरपालिका–४ उत्तरबेहडीस्थित होटल जसलमामा हेल्परको काम गर्ने १७ वर्षीय बसन्त भाटलाई उद्दार गरेको हो।

उनलाई बन्धक बनाउने कार्यमा संलग्न डोटी पूर्वी गाउँपालिका(२ फुलौट बस्ने २१ वर्षीय चक्र खड्का, कैलाली धनगढी उपमहानगरपालिका(२ बैयाबेहडी बस्ने १९ वर्षीय कुन्दन जोशी र कैलाली धनगढी उपमहानगरपालिका(२ बैयाबेहडी बस्ने १९ वर्षीय हर्केश बागलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

सोही होटलमा काम गर्ने चक्र खड्का समेत ६ का जनाले कुटपिट गरी जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरी लगेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा बशन्त भाटलाई बन्धक बनाई राखि कुटपिट गरेको अवस्थामा फेला पारेको हो ।

साथै प्रहरीले उनीहरुको साथबाट से। ७ प ३४४५ नम्बरको मोटरसाइकल र ३ थान मोबाइल समेत बरामद गरेको छ । घटनाम संलग्न अन्य फरार अभियुक्तको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल

प्रतिक्रिया