१३ बैशाख २०८१, बिहीबार
Follow Us

गैह्र आवासीय नेपाली संघ आमेरीकाको सदस्यता किन लिने ?

नेपालब्रिटेन डट कम
२ माघ २०७५, बुधबार २१:००

सत्य नारायण चौधरी, ईलिनोई च्याप्टर अध्यक्ष, एनआरए एनसीसी, अमेरिका ।

गैह्र आवासीय नेपाली संघ (एनआरएनए) संसारभर रहेका गैह्र आबासीय नेपालीहरूलाई एकसूत्रमा जोड्ने एकमात्र संस्था हो। हालको एनआरएनए अमेरीकाका पदाधीकारीहरूको कार्यकाल केही महिनामै समाप्त हुदै गर्दा मेम्बरसीप ड्राईभ कार्यक्रमले गतिशीलता लिएकोछ। एनआरएनएको आगामी निर्बाचनमा मत खसाल्न र उम्मेदवार बन्न आगामी फेब्रूअरी १५ तारीक सम्म सदस्यता लिईसक्नुपर्ने भएकोले बिभिन्न शहरमा यो मेम्बरसीप ड्राईभ गर्ने सिलसिला आगामी एक महिना सम्म चलिरहने निस्चितछ। यस सन्दर्भमा सर्बसाधारण गैह्र आवासीय नेपालीले एउटै मात्र महत्वपूर्ण प्रश्न गर्ने गर्छ, त्यो हो: एनआरएनए अमेरीकाले के नै गरेकोछ र यसको सदस्यता लिने?

यसै सप्ताहन्त, मैले एनआरएनए ईलिनोई च्याप्टर अध्यक्षको हैसियतले न्यूयोर्कमा सम्पन्न एनआरएनए अमेरीकाको आईसीसी पदाधीकारी, एनसीसी पदाधीकारी, एनसीसी सल्लाहकार र च्याप्टर अध्यक्षहरूको संयुक्त बैठकमा भाग लिने मौका पाएँ। त्यस बैठकमा एनआरएनए च्याप्टर अध्यक्षहरूले प्रस्तुत गर्नुभएको प्रगति प्रतिबेदन (एक्टिभिटी रिपोर्ट) स्मरणको आधारमा यहॉ प्रस्तुत गर्न चाहन्छु (यी प्रगति प्रतिबेदनका बुंदाहरूलाई क्रमश: थप /संसोधन गरिंदै लगिनेछ)।

च्याप्टर कमिटीहरूले आफ्नो कार्यकालको बिगत १६ महिनामा समाजलाई प्रत्यक्ष फायदा पुग्ने तथा संस्थाको हितको लागि निम्न एकसय भन्दा बढी काम/कार्यक्रमहरू गरेकाछन्।

1. CA, MA, MD, NJ, NY च्याप्टरले TPS नबिकरण र आप्रबासी नीति सम्बन्धी दर्जनौ राउण्ड टेबुल टक, फ्री लिगल क्लिक, अन्तरकृया कार्यक्रमहरू गरेकाछन् जहॉ टिपिएस सुबिधा लिने महानुभावहरूले अब के गर्ने भनेर बिशेषज्ञका राय जान्ने मौका पाएकाछन्।
2. CA, MA च्याप्टरले सर्बसाधारणलाई लक्षित गरी रियल स्टेट (लोन, एटर्नी, होम ईन्सपेक्सन) र ट्याक्स फायलिंग सम्बन्धी अन्तरकृया कार्यक्रमहरू गरेकाछन्।
3. CA, IL, IN, WI, TX आदि च्याप्टरहरूले हेल्थ क्याम्प, ईन्सुरेंस सम्बन्धी जानकारी, कम आम्दानी भएकाहरूको लागि फ़्री क्लिनिक र ब्रेस्ट एण्ड गाईनोलोजिकल अवेयरनेस् सम्बन्धी कार्यक्रमहरू गरेका छन् जसबाट सर्बसाधारणले स्वास्थ्य बिज्ञहरूबाट प्रत्यक्ष सल्लाह पाएकाछन्।
4. IL, MA, TX आदी च्याप्टरहरूले सर्बसाधारण नेपालीहरूले गर्ने ब्यापार तथा सरकारी र प्रोफेस्नल रोज़गार सम्बन्धी कैयन कार्यक्रमहरू गरेका छन्। यस कार्यक्रमबाट सम्बन्धित बिशेषज्ञ र हायरिंग म्यानेजरहरूसंग प्रत्यक्ष अन्तरकृया गर्न पाएकाछन्।
5. TX च्याप्टरले नेपाली समुदायको घना बस्ति भएको टेक्सास राज्यमा महाबानिज्यदूतको कार्यलय हुनुपर्छ भनेर सम्बन्धित आधिकारिक ब्यक्ति (बिदेश सचिब) गहरूको उपस्थितिमा अन्तरकृया कार्यक्रमहरू गरेका छन्।
6. TX च्याप्टरले मृत नेपालीको डेडबडीलाई नेपाल पठाउन स्थानीय संघ-संस्थासंग मिलेर सहयोग गरेकाछन्।
7. IN, WI ले साइबर सेक्युरिटी सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरी इन्टरनेट फ्रडबाट कसरी बच्न सकिन्छ, यस सम्बन्धमा सर्बसाधारणलाई जानकारी गराएकाछन्।
8. IN, KY, IA, TX राज्यले पनि बिभिन्न कम्यूनिटी अन्तरकृया कार्यक्रमहरू गरेकाछन्।
9. NY, WI, NJ आदी च्याप्टरहरूले ब्लड डोनेसन कार्यक्रमहरू आयोजना गरेकाछन्।
10. NY, IL IA, TX आदी च्याप्टरहरूको पहलमा एनआरएनए अमेरीकाका बिभिन्न ब्यापारीक प्रतिष्ठानहरूसंग MOU मा सही गरी सर्बसाधारणलाई रेस्टोरेन्ट, ट्याक्स अफिस, बिभिन्न स्टोर आदी स्थानमा निश्चित प्रतिशत सहूलियत दिन थालेकाछन्।
11. TX, CA, IN, MI, NH, NY आदि राज्यमा हेल्प डेस्क गठनगरी बिभिन्न किसिमका सामाजीक काममा सहयोग गरेकाछन्।
12. WI च्याप्टरले बिध्यार्थीहरूको लागि छात्रबृतिको ब्यबस्था गरेकोछ।
13. NY, IL, CA, GA आदि राज्यमा गन भायलेंसको बिरूद्धमा बिभिन्न किसिमका कार्यक्रमहरू भएकाछन्।
14. TX च्याप्टरले University of Texas का बिध्यार्थीहरूलाई ब्यॉकेट र युटेन्सीलहरू बितरण गरेकाछन।
15. IL, NY, TX, CA आदी च्याप्टरहरूले एनआरए डे मनाई यस एनआरएनए संस्थाको महत्वबारे सर्बसाधारणलाई जानकारी गराउने काम गरेकोछ।
16. IL, IN, NY, CA, NC आदि राज्यले बिभिन्न स्थानीय संघसंस्थाहरूसंग मिलेर अन्तराष्ट्रिय महिला दिवस र तीज जस्ता कार्यक्रमहरू गरी महिला हक़ हित सम्बन्धमा अन्तरकृया गरेकाछन्।
17. NY च्याप्टरको पहलमा नेपालडे परेडको आयोजना गरिएको थियो।
18. IL, KY, WI, NC, CO च्याप्टरले कम्यूनिटी सेन्टर स्थापना सम्बन्धमा बिभिन्न चरणमा अन्तरकृया, जग्गाको खोजी गर्ने र केही च्याप्टरले रकम संकलन समेत गरिरहेकाछन्।
19. NY च्याप्टरको पहलमा न्यूयोर्कको एउटा ब्यस्त सडकको कोनेमिंग “Mt. Everest Way” गरिएकोछ। नेपालीको पहिचानलाई झल्काउने यसकामको लागि न्यूयोर्क च्याप्टरलाई धन्यबाद नदिई रह्न सकिन्न।
20. TX, NY, IL, CA आदि राज्यमा नेपाली भाषामा ड्राईभिंग परीक्षा दिने ब्यबस्था गर्न पहल गरिएकोछ। स्मरण रहेस्, मेरील्याण्ड राज्यमा यस सम्बन्धमा अघिल्लो कार्यकालमै काम पूरा भैसकेकोछ।
21. IL च्याप्टरले स्थानीय संस्था (सिकागोल्याण्ड थारू सोसाईटी) संग मिलेर माघे संक्रान्ती मनाउदै एनआरएनएलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर अन्तरकृया कार्यक्रम आयोजना गरेकोछ।
22. WI, MI च्याप्टरले स्थानीय संघ-संस्थाहरूसंग मिलेर भलिभल प्रतियोगिताको गरेकाछन्।
23. NC च्याप्टरले स्यण्डबल प्रतियोगिताको आयोजना गरेकाछन्।
24. MI, VA, WI आदि च्याप्टरले स्थानीय संघसंस्थाहरूसंग मिलेर बालबालिकाहरूको लागि नेपाली कक्षा संचालन गरेकाछन्।
25. MD (?) च्यापटरले शुशील कोईराला फाउण्डेसन लगायत बिभिन्न सामाजीक अगुवाहरूसंग अन्तरकृया कार्यक्रम गरेकाछन्। स्थानीय संघ-संस्थाहरूसंग मिलेर अन्य धेरै कार्यक्रमहरू भएकाछन्।
26. NC च्याप्टरले बिज्ञान, प्रबिधि र अन्वेशनको बिषयमा कामगर्ने नेपालका प्रसिद्ध समाजसेवी महाबीर पुन संग अन्तरकृया कार्यक्रम गरेकाछन्।
27. IL, MA, MD, NY, NH आदि राज्य कमिटीले बभिन्न सिनेटरहरूसंग भेटेर TPS सम्बन्धी अन्तरकृया र ज्ञापनपत्र बुझाउने काम गरेकोछ।
28. MD च्याप्टरले बिदेश सचिब लगायत बिभिन्न उच्च पदस्थ कर्मचारीहरूसंग अन्तरकृया गरेकाछन्।
29. NY, WI च्याप्टरले बिभिन्न चरणमा मेयर लगायत स्थानीय सरकारको प्रतिनिधिहरूसंग छलफल चलाएकाछन्।
30. TX च्याप्टरले भूपू प्रम बाबुराम भट्टराई, MD को हालको सॉसद ह्यारी भण्डारीसंग अन्तरकृया कार्यक्रमहरू गरेकाछन्।
31. NY, TX च्याप्टरले बिभिन्न चरणमा एनआरएनए आईसीसीका उच्च पदस्थ एवं संस्थापक नेताहरूसंग अन्तरकृया कार्यक्रमहरू गरेकाछन्।
32. WI च्याप्टरले सो राज्यमा बस्ने नेपालीहरूको डाटाबेश तयार गरेकोछ।
33. IL च्याप्टरले आफ्नै वेभसाईट बनाएकोछ।
34. WI, NY च्याप्टर आफ्नै राज्य सरकारमा दर्ता ( ‘बिजनेस’ गर्नेगरी) भएकाछन्।
35. TX च्याप्टरले एनआरएन हेल्प डेस्कको उद्घाटन कार्यक्रम आयोजना गर्न सहयोग गरेकाछन्।
36. CA च्याप्टरले एनसीसी कन्भेन्सन र बिज्ञ सम्मेलन आयोजना गर्न सहयोग गरेकाछन्।
37. TX, NY ले एनसीसीको फिजिकल मिटिंग आयोजना गर्न सहयोग गरेकाछन्।
38. CA, IL, IN, WI आदि च्याप्टरले आफ्नै ईमर्जेन्सी फण्डको स्थापना गरेकाछन्।
39. यसका अतिरिक्त बभिन्न समयमा बिभिन्न स्थानीय संघसंस्थासंग मिलेर बिभिन्न स्थानीय स्पेसीफिक फण्ड मार्फ़त एक लाख डॉलर भन्दा बढीको आर्थिक सहयोग बिभिन्न च्याप्टरहरू मार्फत् भईसकेका छन्। उदाहरणकोलागि मोबईल म्यामोग्राम फ़ण्ड (IN), राधा चौधरी फ़ण्ड (NY) ओम बिक्रम बिष्ट फ़ण्ड (NY), टेक्सास नेपाली मन्दिर सहयोग फण्ड (TX), हुरिकेन हार्भे फण्ड (TX), फ्यूनेरल सपोर्ट फ़ण्ड (TX), गोलीकाण्ड सहयोग फ़ण्ड (MD), न्यूजर्सी परिबार सहयोग फण्ड (NJ), कमला शाक्य फ़ाउण्डेशन फ़ण्ड (TX), सुज र्याक फण्ड (TX), सुसाईड केश सहयोग फ़ण्ड (TX) आदी, आदी!

नोट: यो लेखमा एनआरएनए एनसीसीले सरकार वा अन्य एजेन्सीहरूको सहकार्यमा गरेका कामहरूको बारेमा उल्लेख गरिएकोछैन।

अन्तमा, एनआरएनए अमेरीकाको सदस्यता बन्ने आधार; ‘एनआरएनएले के नै गरेकोछ भन्ने हैन कि एनआरएनएको सदस्य बनेर मैले यस संस्थाकोलागि के योगदान दिनसक्छु?’ भन्ने हुनु पर्दछ। तसर्थ, आज मैले अमेरीकाकालाई आफ्नो कर्म क्षेत्र बनाएर बस्नु भएका सम्पूर्ण महानुभावलाई मात्र दुईवटा प्रश्न गर्न चाहन्छु? त्यो के हो भने; तपाई आफैले आफुलाई सोध्नुस्, “हामी सबैको यो साझा संस्थालाई राम्रो बनाउन मैले आजसम्म के गरेकोछु र भोलिका दिनमा के गर्न सक्छु?”। यदि तपाईले यी दुईवटा प्रश्नको उत्तर ईमान्दारीता साथ यो फेसबुक पोष्टको तल कमेन्ट बक्समा लेख्न सक्नु भयों भने हामी सबैको यो साझा संस्थालाई सुधार्ने कुरा गर्नुस्; अन्यथा यो संस्थाको बारेमा (मैले यहॉ ब्यक्तिको कुरा गरेको छैन) गलत कुरा लेख्ने र अनर्गल प्रचार गर्ने तपाईको नैतिक आधार हुने छैन। (यसको अर्थ यो संस्थामा कमजोरी नै छैन भनेर वकालत गरेको हैन न !) संस्थामा योगदान दिन पदमै बस्नु पर्छ भन्ने छैन; यदी यो संस्थालाई तपाईले सॉचिक्कै माया गर्नुहुन्छ भने तपाईलाई काम गर्न पदले छेक्दैन। तसर्थ, यो संस्थाले हालसम्म गरेका कामहरूको उत्तर खोज्नकोलागि होईन कि, आफूले दिन सक्ने योगदानको उत्तर खोज्न यो एनआरएनए संस्थाको सदस्यता लिऔं, त्यो पनि फेब्रूअरी १५ भित्रै। जय एनआरएन!

(नोट: केही लिन हैन, संस्थाकोलागि केही योगदान दिनकोलागि सिकागोमा अस्ति सोमबार भएको माघीमहोत्सब र मेम्बरसीप ड्राईभ कार्यक्रममा एनआरएनएको लाईफ़ मेम्बरसिप लिनुहुने डा. रामकृष्ण साह, खेम पाठक, सुरेन्द्र चौधरी, रिचार्ड गैरे, लाल काफ्ले, शिब अधिकारी (केही नाम छुटेकाछन्) हरू बधाईका पात्रहुन्।

मेरा धारणा र यो लेखमा भएका तथ्यहरू माथी कुनै प्रश्न भए (कुनै कारणबश भनिएका कुरा मेल नखाएमा) मलाई मेसेज पठाउनुहोला।धन्यवाद!