६ चैत्र २०८०, मंगलवार
Follow Us

मालढुङ्गामा बस दुर्घटना ६ जनाको मृत्यु

sarusaru
३ माघ २०७५, बिहीबार ०३:४४

सरु पौडेल , काठमाण्डौ – म्याग्दी जिल्लाको बेनी बजारबाट नारायणगढको लागि छुटेको बस पर्वतको मालढुङ्गामा आज बिहान दुर्घटना भएको छ । ग १ ख ६१०८ नम्बरको ४० जनाभन्दा बढी यात्रु बोकेको बस कुश्मा नगरपालिका वडा नं. १ को सुकुम्बासी टोलमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने बसमा सवार अन्य गम्भीर घाइते भएका छन् । मृत्यु भएका मध्ये ३ जनाको घटनास्थलमा र ३ जनाको धौलागिरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्रोतले जानकारी दिएको छ ।घाइतेको धौलागिरी अञ्चल अस्पताल बाग्लुङ र पर्वत जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।