१५ चैत्र २०८०, बिहीबार
Follow Us

दुर्घटना अपडेट ;; मृत्यु हुनेको सङ्ख्या ७ पुग्यो

sarusaru
३ माघ २०७५, बिहीबार ०७:२०

म्याग्दीको बेनीबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ।

बेनीबाट नारायणगढतर्फ जाँदै ग१ख ६१०८ नं को बस आज बिहान पर्वत कुश्मा नगरपालिका–१ मालढुङ्गामा दुर्घटना भएको हो। दुर्घटनामा ३१ घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ ।

घाइतेमध्ये गम्भीर दुई जनाको हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँको ग्राण्डी अस्पताल ल्याइएको छ भने थप तीन जनालाई उपचारका लागि काठमाडौँ पठाउन हेलिकप्टरको व्यवस्था गर्न नेपाली सेनालाई आग्रह गरिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए।

अन्य घाइतेहरुको धौलागिरि अञ्चल अस्पतालमा उपचार गरी थप उपचारका लागि एम्बुलेन्समार्फत पोखराको मणिपाल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। मृतक तथा घाइतेको विवरण सङ्कलनको कार्य भइरहेको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुलेको छैन।
रासस