August 5, 2020
11:04 PM | 3:49 AM

डा. के.सी आइसियुमा ;;भेटघाटमा रोक

  18/01/2019 मा प्रकाशित

नौ दिनदेखि इलाममा अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बनेपछि शुक्रबार विहान उनलाई अचानक काठमाडौं ल्याएर थप उपचार सुरु गरिएको छ । महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पताको आइसियु कक्षमा उनको उपचार भइरहेको छ ।

थप उपचार पछि उनले आराम महसुस गरेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । अहिले आइसियु कक्षको सबै बत्ति निभाएपछि डाक्टर केसी निदाएका छन् । डाक्टर केसी निदाएकाले कसैलाई पनि भेटघाट गर्न दिइएको छैन ।
नयाँ पत्रिका

प्रतिक्रिया