१५ चैत्र २०८०, बिहीबार
Follow Us

परराष्ट्र मन्त्री ज्ञवालीसँग एनआरएन टोलीको भेट

नेपालब्रिटेन डट कम्
४ माघ २०७५, शुक्रबार १५:४३

काठमाडौं -गैर आवासीय नेपाली संघको टोलीले परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग भेट गरेको छ । संघका उपाध्यक्ष कुमार पन्तको नेतृत्वको गएको प्रतिनिधि मण्डलको टोलीले मन्त्री ज्ञवालीसँग भेट गरेको हो । संघका पदाधिकारीहरुले मुख्यतया गैरआवासीय नेपाली नागरिकता सम्बन्धमा भएका पहलहरु बारे जानकारी गराउनुभएको थियो ।

यसका साथै बन्न लागेको गैरआवासीय नेपाली नागरिकताको प्रावधान र संविधानको भावना अनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन लगायत अन्य ऐनमा पनि संशोधन हुनु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।

त्यस्तै, गैरआवासीय नेपालीहरुका विदेशी पत्नी वा पतिलाई नेपाल आउँदा रहनको लागि एक प्रकारको गैरआवासीय नेपाली परिचयपत्र उपलब्ध गराउनको लागि अनुरोध गरिएको छ । साथै यस प्रकारणको सुविधाले गर्दा उनीहरुको नेपाल प्रतिको लगाव रहिरहने र नेपालमा लगानी भित्र्याउनका साथै उनीहरुको संलग्नता बढाउन पनि ठूलो सहयोग पुग्ने धारणा पदाधिकारीहरुले राख्नु भएको थियो ।

सोही अवसरमा परराष्ट्र मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली नागरिकता विधेयक हाल राज्य व्यवस्था समितिमा छलफलको क्रममा रहेको र चाडै नै संसदमा पेश भई लागु हुने जानकारी गराउनुभयो । उहाँले संघले दिएका सुझावहरु अति महत्वपूर्ण रहेको र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ यस बारेमा पनि छलफल भइरहहेको जानकारी दिनुभयो ।

यस भेटघाटमा संघका संरक्षक रामप्रताप थापा, उपाध्यक्षहरु कुमार पन्त, कूल आचार्य, सपीला राजभण्डारी, महासचिव डा. बद्री केसी सहभागि हुनुहुन्थ्यो । साथै सोही अवसरमा एनआरएनले तयार पारेको विज्ञ सम्मेलनको श्वेतपत्र समेत हस्तान्तरण गरिएको छ ।