१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन मिडिया तथा प्रकाशन समितिको बैठक सम्पन्न

नेपालब्रिटेन डट कम्
४ माघ २०७५, शुक्रबार १६:०१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को मिडिया तथा प्रकाशन समितिको बैठक संघका प्रवक्ता भूषण घिमिरेको अध्यक्षतामा बस्यो । ६ जनवरी आइतवार साइवर कन्फ्रेन्समार्फत् बसेको बैठकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त, नेपाल पत्रकार महासंघका महासचिव तथा समितिका सदस्य रमेश बिष्टको विषेश उपस्थिति थियो ।

संघको मिडिया समितिले गतवर्ष गरेका गतिविधि र अगामी वर्षका लागि नयाँ कार्यदिशा सम्वन्धमा बैठकमा छलफल भएको थियो ।

बैठकमा बोल्ने अधिकांश सदस्यले समितिको पछिल्ला गतिविधि, संघको हितमा रहेको विचार व्यक्त गर्दै आगामी दिनमा संघको प्रकाशन नीतिलाई अझ प्रभावकारी तथा व्यवस्थित गरेर अगाडी बढ्नु पर्नेमा जोड दिएको थियो । बैठकमा उपसंयोजक हेमन्त काफ्ले, एनआरएनए समाचार संयोजक चिरन शर्मा, सदस्यहरु फडिन्द्र भट्टराई, होमप्रसाद लम्साल, गोकुल लामिछाने, आङछिरीङ शेर्पा, किरण मरहठ्टा समेतको उपस्थिति थियो ।

बैठकमा समितिका संयोजक घिमिरेले संस्थाका गतिविधिलाई अझ प्रभावकारी बनाउन सक्रिय रुपमा लाग्न सबै पक्षसँग आग्रह गरेका थिए ।

उपसंयोजक काफ्लेले गतवर्ष प्रकाशन समितिले सन्तोषजनक काम गरेको बताउँदै आगामी दिन अझ महत्वपूर्ण रहेको बताए । समाचार संयोजक चिरन शर्माको प्रकाशन समितिले विगत एक वर्षमा गरेका कामको फेरहिस्ता प्रस्तुत गरेको थियो । उनले संघको काठमाडौंस्थित सचिवालयसँग मिडिया समितिको थप संयोजनको आवश्यकता रहेको बताए । छलफलपछि बैठकले पाँचवटा निर्णय गरेको थियो ।

पहिलो गैरआवासीय नेपाली संघको सहयोगमा काठमाडौंस्थित पत्रकार महासंघको कार्यालयमा स्थापना भएको पुस्तकालयलाई अध्ययन केन्द्रको रुपमा विस्तार गर्दै लैजाने र विदेशस्थित बिभिन्न संघसंस्थासँग सहकार्य गरेर अगाडि बढ्ने ।
संघका प्रकाशनसम्वन्धी गतिविधिलाई संस्थागत तथा प्रभावकारी बनाउन नीति तथा प्रकाशन सम्वन्धी नियमावली तयार पार्नको लागि एक कार्यदल गठन गरिएको छ । सो कार्यदलको सल्लाहकार भगिरथ योगी, सदस्यमा भुषण घिमिरे, चिरन शर्मा र हेमन्त काफ्ले रहेका छन् । कार्यदलले संघको नीति तथा प्रकाशन सम्वन्धी नियमावलीको पहिलो ड्राफ्ट आगामी बैठकमा प्रस्तुत गर्ने छ ।
त्यस्तै विदेशमा रहेका नेपाली व्यवसायी तथा नेपाली मिडियासम्वन्धी डाइरेक्ट्री तयार गर्न आवश्यक प्रकृया अगाडि बढाउन समितिका सदस्य होमप्रसाद लम्साललाई दिने निर्णय गरिएको छ ।

चौथो नम्बरमा गैरआवासीय नेपाली संघले स्थापना गरेको एनआरएन अन्तराष्ट्रिय पुरस्कारलाई आगामी दिनमा थप व्यवस्थीत गर्दै लैजाने उद्देश्यले एक उपसमिति गठन गरिएको छ । गैरआवासीय नेपाली संघ ९युके० को सकृयतमा स्थापना गरिएको सो पुरस्कार वितरण प्रकृयामा गतवर्षमा देखिएका कमिकमजोरीलाई सच्चाएर लैजाने र अगामी अक्टोवर महिनामा काठमाडौंमा हुने विश्व सम्मेलनको मुख्य कार्यक्रम तालिकामा समावेश गरेर सो पुरस्कार वितरण गर्ने निर्णय गरिएको छ ।

पुरस्कारको लागि काठमाडौंस्थित एनआरएन सचिवालयमा रहेको अक्षय कोषलाई व्यवस्थित गर्न र पुरस्कार छनोट प्रकृयालाई थप प्रभावकारी बनाउन संघका प्रवक्ता भूषण घिमिरेको संयोजकत्वमा एक कार्यदल गठन गरिएको छ ।

कार्यदलको सदस्यमा गैरआवासीय नेपाली संघ युके अध्यक्ष योगकुमार फगामी, नेपाल पत्रकार महासंघका महासचिव रशेम बिष्ट, पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपांगी, गैरआवासीय नेपाली संघ समाचार संयोजक चिरन शर्मा, उपसंयोजक हेमन्त काफ्ले, एनआरएन आइसीसी सदस्य रामशरण सिमखडा र एनआरएन युकेका सल्ललाहकार तथा पत्रकार फडिन्द्र भट्टराई रहेको एक समिति गठन गरिएको छ । सो समितिलाई ११ जनवरीमा सम्पन्न गैरआवासीय नेपाली संघको पूर्ण बैठकले अनुमोदन समेत गरेको छ ।

त्यस्तै बैठकले आगामी अक्टोवरमा काठमाडौंमा हुने विश्व सम्मेलनमा विगत २ बर्षका गतिविधिलाई समेटेर एक विशेषांक सोभिनियर प्रकाशन गर्ने निर्णय गरेको छ ।