१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएन उपाध्यक्ष कुमार पन्तको सकृयतामा विद्यालयलाई ३ करोडको सहयोग

नेपालब्रिटेन डट कम्
५ माघ २०७५, शनिबार १२:५४

लण्डन। गैरआवासीय नेपाली अभियन्ताहरूले गोरखाको फुजेलस्थित भैरवाश्रम माध्यमिक विद्यालयलाइ तीन करोड रूपियाँबराबरका भौतिक पूर्वाधार निर्माण गरिदिएका छन् ।
तीमध्ये केही संरचना हिजो विद्यालयको वार्षिकोत्सवको अवसरमा उद्घाटन गरिएको छ ।

गैरअवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तको विशेष पहलमा भवन, फर्निचर, इ–लाइब्रेरी र मञ्च निर्माण गरी विद्यालयलाइ हस्तान्तरण गरिएको हो । पूर्वाधार निर्माणका लागि गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र संरक्षक रामप्रताप थापा लगायतले योगदान गरेका थिए ।

कार्यक्रममा नेकपाका नेता योगेश भट्टराई, कांग्रेस नेता गगन थापाले शैक्षिक विकासले मात्रै मुलुकको समृद्धि हुने बताए ।
गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जीवा लामिछाने र उपाध्यक्ष कुमार पन्तले गुणस्तरीय शिक्षाको विकासमा जोड दिए ।