१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकार सुवेदीको उपचारमा सहयोग गर्न अपिल

नेपालब्रिटेन डट कम्
५ माघ २०७५, शनिबार १४:०८

काठमाडौं । नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले भारतमा उपचार गराइरहेका पत्रकार अर्जुनप्रसाद सुवेदीलाई आर्थिक सहयोग गरिदिन अपिल गरेको छ।

नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाका सदस्य समेत रहेका सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर उपचार गराउँदै आएका छन्। वीर, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग निको भएको छैन।

स्वास्थ्यमा थप समस्या देखिपछि सुवेदीको एक सातादेखि चेन्नेइमा उपचार भइरहेको छ। सुवेदीको उपचारमा ४० लाख भन्दा बढी खर्च आवश्यक पर्ने उनका परिवारिका सदस्यले बताएका छन। म्याग्दी स्थायी घर भएका सुवेदी एक दशकदेखि काठमाडौंमा बसेर पत्रकारिता गर्दै आएका छन्। उनी नागरिक दैनिकसंग आबद्ध छन् ।

अपडेटः यसै बीच वेलायतस्थित सकृय नेपाली पत्रकारहरुले सुवेदीको सहयोगको लागि अग्रसरता देखाएका छन् ।

‘पत्रकार अर्जुन सुवेदीको उपचारार्थ सहयोगका लागि अपिल’

नागरिक दैनिकका बरिष्ठ संवाददाता तथा नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाका सदस्य समेत रहेका अर्जुनप्रसाद सुवेदी विगत केही समयदेखि कलेजो र पित्तनलीमा समस्या देखिएर उपचार गराउँदै आएका छन्। वीर अस्पताल, धुलिखेल, त्रिवि शिक्षण, गंगाराम नयाँ दिल्लीसहितका अस्पतालमा उपचार गराए पनि अझै रोग निको भएको छैन।

स्वास्थ्यमा थप समस्या देखिएपछि सुवेदीले चेन्नेइमा उपचार गरेर अहिले स्वाथ्यलाभ गर्दैछन् । सुवेदीको उपचारमा ४० लाख भन्दा बढी खर्च आवश्यक हुन्छ। सुवेदी अहिले डाक्टरको प्रत्यक्ष निग्रानीमा उपचार गरिरहेका छन् । म्याग्दी स्थायी घर भएका सुवेदी एक दशकदेखि काठमाडौंमा बसेर पत्रकारिता आउनु भएको छ । यसअघि नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिले भारतमा उपचार गराइरहेका पत्रकार अर्जुनप्रसाद सुवेदीलाई आर्थिक सहयोग गरिदिन अपिल समेत गरेको थियो । यसै सन्दर्भमा सुवेदीको जीवन रक्षाको लागि आवश्यक आर्थिक सहयोगका लागि सम्पूर्णमा हार्दिक अपिल गरिन्छ ।

सहयोग जम्मा गर्ने खाता

FNJ UK
Sort Code: 20-16-99
Account Number: 23950298

सहयोगको लागि धन्यवाद
संजय कंडेल
विस्तृत जानकारीको लागि
सम्पर्क: 0741 306292, 07886925806