१५ चैत्र २०८०, बिहीबार
Follow Us

सर्वसाधारणले सूचना टाँसेको ७ महिनापछि बल्ल काटियो रुख

sarusaru
६ माघ २०७५, आईतवार ०५:४७

सरु पौडेल, काठमाण्डौ – सिंहदरबारको दक्षिण गेट साइडमा रबर प्लान्ट र वरको बोटले बिजुलीको नाङ्गो तार छाएपछि स्थानीय सर्वसाधारणले महानगरपालिका तथा विद्युत प्राधिकरणलाई पटक पटक सूचना गरेपछि पनि टेरपुछर नलाएप्छि आफै सूचना बोर्ड बनाएर टाँसेका सर्वसाधारण अब भने ढुक्क बनेका छन् । सूचना टाँसेको केही दिनपछि अनलाइन पत्रिका तथा राष्ट्रिय पत्रिकाहरुमा समाचार आउँदासमेत वास्ता नगरेको विद्युत प्राधिकरणले गत शनिबार ७ महिनापछि बल्ल उक्त रुख काटेको छ । ‘पानी पर्दा कति मान्छेहरु त्यहीँ ओत लाग्थे , कसैलाई पर्खनुपर्दा त्यसकै आड लगाएर बस्थेँ हामी कसलाई करेन्ट लागेर बिजोग हुन्छ भनेर त्राही त्राही थियौँ ,अब बल्ल ढुक्क भयौँ’ – स्थानीयले भने ।
यसरी पटक पटक जानकारी गराउँदा पनि रुख नकाट्नु ,विद्युत जस्ता संवेदनशील कुरामा पनि बेवास्ता गरेकोप्रति स्थानीयको गुनासो रहेको छ ।
‘कतिजना रुकुमका कृष्ण ओली जस्ता हुने हुन् भन्ने पीर लागेको थियो अब ढुक्क भया’ैँ – स्थानीय एक बृद्धले भनीन् ।