१३ बैशाख २०८१, बिहीबार
Follow Us

लण्डनमा नेपाली भाषा तथा कम्यूटर कक्षा संचालन

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७३, बिहीबार ०७:२०

लण्डन- नेपालबाट बेलायत आई बसोबास गर्ने नेपालीहरुको नानिहरुले भबिष्यमा नेपाली भाषाबाट बिमुख हुन नपरोस भनि प्रगतिशिल नेपाली समाज,यूकेले नेपाली भाषा कक्षा तथा कम्यूटर तालिमको कक्षा सुरु गरेको छ । हरेक आईतवार लण्डनको ह््यारोमा सुरु हुने कक्षामा पुर्ण लोक्जम र बिमला लिम्वुले कक्षा लिने कार्यक्रम रहेको छ । कम्यूटरको कक्षा पनि संचालन हुने भएकोले जुन सुकै उमेर का नेपाली दाजुभाई दिदी बहिनीहरुले लाभ लिन सक्नु हुनेछ ।
नेपाली कक्षा संचालन संबन्धमा हामीले प्रगतिशिल नेपाली समाज,यूकेका संयोजक सुरेस गौतम संग संपर्क गरी बिगतमा तपाईको संगठनले नेपालको राजनैतिक परिवर्तनमा सकृय साथ भाग लिन्थ्यो तर अव आएर सामाजिक कार्य तर्फ केन्द्रित हुनुहुन्छ भनि सोधेका थियौं ।
हामी हिजो पनि आज पनि नेपालको परिर्वतनको मुद्धा संगै छौ । हामीहरुको आन्दोलन जहिले पनि नेपालको परिवर्तन र स्थानिय समस्याहरुसंग केन्द्रित हुने गर्दछ । अहिले हामी नेपालको भाषिक पहिचानको बिषयलाई उठान गरि रहदां बेलायतमा रहेका नेपालीहरुको आउने पुस्तामा नेपाली भाषाको लोप हुने खतरामा केन्द्रित रहेर हामीले नेपाली भाषा कक्षाको आवश्यकता ठानेका हौं । साथै वाहाले नेपालको राजनैतिक परिवर्तनमा हामीले अन्तराष्ट्रिय समर्थन जुटाउन हजारौ कार्यक्रमको आयोजना गरेका थियौ । अहिले संबिधान दिवस मनाउने दिनमा नेपाली दुतावासले बिगतको ईतिहासलाई बिर्सिएकोमा आगीम दिनमा हामीले दुतावासलाई समेत सचेत बनाउने कार्यक्रम रहेको बताउनु भयो ।
नेपाली भाषा कक्षा संपुर्ण बेलायतबासी नेपालीहरुकोलागी संचालन भएकोले निम्न समयमा निम्न ब्यक्तिलाई संपर्क गर्न हुन प्रगतिशिल नेपाली समाज,यूकेले अनुरोध गरेको छ ।
1. नानी -बाबुहरुलाई नेपाली लेख्न -बोल्न सिकाइने |
2. ठुला ( Adult ) मानिसहरुलाई – सामान्य अंग्रेजी सिकाइने |
3. कम्प्युटर कक्षाहरु ( Ms Word , Ms Excel , Ms PowerPoint , Ms Photoshop ) |
4. बेलायतका विभिन्न कार्यालयमा चाहिने Form भर्न समेत सहयोग गरिने |
दिन : हरेक आईतबार
समय : १० बजे बाट १ बजे सम्म
स्थान : South Harrow
सम्पर्क : बिमला – 07413 699402
प्रशिक्षक :
बिमला लिम्बु ( BA , ABE )
पूर्ण लोक्सोम ( MBA , M.SC , Ph.D – Candidate )