१२ बैशाख २०८१, बुधबार
Follow Us

पत्रकार केसीलाई मातृशोक

नेपालब्रिटेन डट कम्
६ माघ २०७५, आईतवार ०९:३५

लण्डन । नेपाल पत्रकार महासंघ वेलायत शाखाका सदस्य तथा घटना र विचार साप्ताहिकका वेलायत सम्वादाता प्रकाश केसीकी ममतामयी आमा तेज कुमारी केसीको निधन भएको छ । उहाँको ८१ वर्षको उमेर पौष २७ गते निधन भएको नेपाल पत्रकार महासंघ युके शाखाले जनाएको छ ।

शाखाका महासचिव संजयभक्त कँडेलले शनिवार एक विज्ञप्ति जारी गर्दै मृत आत्माको चिर शान्तिको कामना गर्दै दुःख व्यक्त गरेका छन् । शाखाले केसीको परिवारमा परेको दुःखद घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना समेत गरेको छ ।