१६ चैत्र २०८०, शुक्रबार
Follow Us

चोरीमा संलग्न गिरोह पक्राउ

sarusaru
७ माघ २०७५, सोमबार ०२:३२

पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले चोरीमा संलग्न पाँच जनाको समूहलाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिकाभित्र चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले चोरी घटना नियन्त्रण तथा अनुसन्धानमा सक्रियता देखाएसँगै सो गिरोहलाई पक्राउ गर्न सफल भएको प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न स्थानमा गरिएको चेकिङ, स्विप अपरेशन, व्यक्तिहरुको निगरानी तथा सूचना सङ्कलनका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

चितवन राप्ती नगरपालिका–११ घर भई पोखरा १० घलेचोक बस्ने १९ वर्षीय सुनील श्रेष्ठ, बाग्लुङ जैमिने नगरपालिका–९ का २७ वर्षीय खुमप्रसाद थापा, पोखरा पुथ्वीचोक बस्ने २३ वर्षीय गगन खवाससहित पाँच जनाको समूहलाई चोरीका सामानसहित पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।

उनीहरुको कोठा खानतलासीका क्रममा नेरु २० हजार ६१०, कतारियन दिनार १५० र भारतीय मुद्रा ३० बरामद भएको छ । यसका साथै विभिन्न कम्पनीका मोबाइल, घडी, क्यामेरा, ठूलो परिणाममा विभिन्न प्रकारका गरगहनासहित चोरीमा प्रयोग गरेका घरेलु हतियार बरामद गरिएको छ । उक्त चोरी गर्ने गिरोहलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएकोछ ।
रासस