७ बैशाख २०८१, शुक्रबार
Follow Us

नवनियूक्त राजदूत क्षेत्रीको स्वागतमा को को पुगे हित्रो ?

नेपालब्रिटेन डट कम्
१३ आश्विन २०७३, बिहीबार ०७:४६

लन्डन । बेलायतका लागि नवनियूक्त राजदूत डा. दुर्गाबहादुर क्षेत्री आफ्नो कार्य समाल्न बुधवार साँझ बेलायत आइपुगे । क्षेत्री आफ्नी श्रीमती पुनम क्षेत्री सहित लन्डन आइपुगेका हुन् । क्षेत्रीले बेलायतका लागि २० औं नेपाली राजदूतका रुपमा आफ्नो जिम्मेवारी समाल्दै छन् ।

राजदूत दम्पत्तिलाई विमानस्थलमा बेलायती विदेश मन्त्रालयका विशेष प्रतिनिधि निकोलस ज्यारोल्ड, कार्यवहाक राजदूत शरदराज आरन, थर्ड सेक्रेटरी भूपेन्द्रप्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायतले स्वागत गरेका थिए ।

झापाका स्थायी बासिन्दा सुवेदीले परराष्ट्र सेवामा प्रवेश गरेको झण्डै ३० वर्षको अवधिमा २१ भदौंमा लामो दौत्य सम्बन्धको इतिहास बोकेको मुलुकको राजदूत बन्ने अवसर पाएका हुन् । राजदूत नियुक्त हुनुअघि सहसचिव सुवेदी परराष्ट्र मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रुपमा कार्यरत थिए ।

सुवेदीका लागि परराष्ट्र सेवा र विभिन्न मिसनहरुमा हासिल गरेको लामो अनुभव सबैभन्दा पुरानो मित्रराष्ट्रसँग सम्बन्ध सुधार, जनस्तरमा सम्बन्ध निर्माण र नेपालको समृद्धिमा बेलायतको सहयोग अभिवृद्धिमा सहयोगी हुने विश्वास गरिएको छ ।

फोटो- तेजेन्द्र रेग्मी