७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए साउदीले श्रमिक समस्या विषयक कार्यक्रम गर्ने

नेपालब्रिटेन डट कम्
९ माघ २०७५, बुधबार ०७:५६

काठमाडौँ । एक विडम्वना भनौं या सौभाग्य नेपाली युवाहरुको बैदेशिक रोजगारीको सिलसिलामा मातृभूमि छोड्न बाध्यता बनेको छ । बैदेशिक रोजगारीकै क्रममा खाडी मुलुक भासिएका युवाहरू दिनानुदिन विभिन्न समस्यामा पर्दै आएका छन् ।विशेषता हालको विश्व अर्थतन्त्र साथै जारी गृहयुद्ध र क्षेत्रीय युद्धको कारण पनि खाडी मुलुकहरुमा श्रमिक समस्या चुलिंदै गएको छ ।

सोही समस्याका निराकरणका लागि खोजी गर्दै एनआरएनए साउदीले कार्यक्रमको आयोजना गर्न लागेको एनआरएनएका महासचिव तेजबहादुर थापाले बताए । उनका अनुसार कार्यक्रम सम्बोधनका लागि नेपाली राजदुतावास रियादलाई निमन्त्रणा पठाएको र कार्यक्रम संचान अनुमतिका लागि परराष्ट्र मन्त्रालयलाई निवेदन बुझाएको छ ।

राजदुत प्रा.डा. महेन्द्र सिङ राजपुतको उपस्थितिमा हुने कार्यक्रममा पीडित श्रमिक तथा आप्रवासी नेपाली श्रमिकहरुलाई उपस्थित हुन आयोजकले अनुरोध गरे। कार्यक्रम साउदीको पूर्वी शहर दम्मामस्थित होलिडे रेस्टुरेन्टमा २५ जनवरी शुक्रबार हुने महासचिव थापाले बताए ।