७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रम ओली र भियतनामी प्रम भेटवार्ता

नेपालब्रिटेन डट कम्
९ माघ २०७५, बुधबार १४:११

डाभोस । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुने सिलसिलामा यहाँ रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भियतनामी प्रधानमन्त्री हुअन सुअन फुकले बुधबार बिहान भेटवार्ता गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच पारस्परिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने तथा सहयोग विस्तार गर्नेबारेमा छलफल भएको परराष्ट्र सचिव शङ्करदास वैरागीले बताउनुभयो । भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र परराष्ट्र सचिव शङ्करदास वैरागीको पनि उपस्थिति थियो ।