६ चैत्र २०८०, मंगलवार
Follow Us

बेलायत विदेशी लगानीका लागि खुला

नेपालब्रिटेन डट कम्
१० माघ २०७५, बिहीबार ०८:०२

डेभोस। बहिर्गमन (ब्रेक्जिट) प्रक्रियामा केही अन्यौल सिर्जना भएका कारण संयुक्त अधिराज्यमा कार्यरत केही फर्म तथा कम्पनीले लगानीका लागि असुरक्षाको वातावरण भएको बताएपनि बेलायत लगानीका हिसाबले विश्वको प्रमुख गन्तव्य भएको यहाँका व्यापार मन्त्रीले बताएका छन् ।

बेलायत र यूरोपेली संघ छुट्टिने दिन करिब दुई महिना रहेका समय बहिर्गमन प्रक्रियामा केही अन्यौल सिर्जना भएको स्वीकार गर्दै स्वीट्जरल्याण्डमा सञ्चारकर्मीसँगको कुराकानीमा बुधबार मन्त्री लियाम फक्सले भन्नुभयो, “ब्रेक्जिट प्रक्रियाबारे निर्णय नआउँदा संयुक्त अधिराज्यमा कार्यरत केही फर्म तथा कम्पनीले लगानीबारे संशय गर्नु स्वभाविक हो तर यसको छिट्टै टुङ्गो लाग्छ ।”

फर्म तथा कम्पनीहरूले स्थानान्तर गर्ने घोषणाबारे उहाँले लगानीका लागि कुनै पनि कम्पनी बाहिरिनु नपर्ने साथै उनीहरूको सुरक्षाका लागि सरकार दृढ रहेको उहाँको भनाइ रहेको छ । सोनी तथा डाइसन कम्पनीले बेलायतमा रहेका आफ्ना प्लान्टलाई स्थानान्तर गर्ने घोषणा गरेको प्रसङ्गमा उहाँको उक्त भनाई आएको हो ।

एएफपीसँग डेभोसमा कुराकानी गर्दै उहाँले भन्नुभयो, संयुक्त अधिराज्य अहिले पनि र भोलिपनि वैदेशिक लगानीका लागि खुला छ र रहिरहनेछ । आफ्नो मुलुक वैदेशिक लागानीका लागि विश्वकै सुरक्षित गन्त्व्य भएको उहाँले दोहो-याउनुभयो ।