६ चैत्र २०८०, मंगलवार
Follow Us

बेलायती रोजगार दरमा सन् १९७१ पछि कै उच्च गिरावट

नेपालब्रिटेन डट कम्
१० माघ २०७५, बिहीबार ०८:०७

लण्डन। सन् २०१८ को सेप्टेम्बर–नोभेम्बरमा बेलायतको रोजगार दर ७५.८ प्रतिशत रहेको र यो तथ्याङ्क सन् १९७१ पछिको सबैभन्दा निराशाजनक भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको छ ।

उक्त कार्यालयले गरेको सर्वेक्षणले सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा करिब तीन करोड २५ लाख ३० हजार श्रमिक शक्ति रहेको देखाएको छ । यो सन् २०१८ को जुनदेखि अगस्टसम्मको तथ्याङ्कभन्दा एक लाख ४१ हजार बढी र सन् २०१७ पहिलेभन्दा तीन लाख २८ हजारले बढी हो ।

सन् २०१८ को सेप्टेम्बरदेखि नोभेम्बरसम्मको समयमा बेलायतमा बेरोजगार जनसङ्ख्या १३ लाख ७० हजार रहेको देखिएको छ । यो तथ्याङ्कमा जुनदेखि अगस्टको तथ्याङ्कभन्दा सामान्य परिवर्तन (बढी) हो भने अघिल्लो बर्ष सोही समयको तुलनामा ६८ हजारले कमी हो ।

बेलायतको बहिर्गमन प्रक्रियाबारे देखिएको अन्यौलले वेरोजगार दर ४.० रहने अनुमान गरिएको थियो ।