१५ चैत्र २०८०, बिहीबार
Follow Us

लण्डन दूतावासद्धारा मतदाता नामावली संकलनको तयारी

नेपालब्रिटेन डट कम्
१० माघ २०७५, बिहीबार १४:५५

लण्डन । आगामी निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुको मताधिकारको लागि सरकारले सकृयता देखाएको नेपाली दूतावास लण्डनले जनाएको छ । विहीवार एक सूचनाजारी गर्दै दूतावासले सम्मानित सर्वोच्च अदालतबाट विदेशमा वस्ने नेपालीहरुका लागि आगामी निर्वाचनमा मतदानको व्यवस्था गर्न परमादेश जारी भएको तथा संसदीय समितिबाट आवश्यक अध्ययन गरी प्रतिवेदन पेश गर्न निर्देशन भएबमोजिम मतदानको व्यवस्थाको लागि अध्ययन शुरु भएको जनाएको हो ।

यसअघि अदालत र संसदीय समितिको निर्देशन अनुसार निर्वाचन आयोगले एक कार्यदल गठन गरि विदेशबाट मतदान गर्ने विधि र प्रक्रियाबारेमा अध्ययनको लागि विदेशमा रहेका नेपाली नागरिकहरुको व्यक्तिगत विवरण संकलन गर्ने निर्णय गरेको थियो ।

यसै बीच नेपाली दूतावास लण्डनले बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकहरुले व्यक्तिगत विवरण संकलन गर्ने भएको दूतावासले जनाएको छ । दूतावासले आफ्नो वेवसाइटमा गएर आफ्नो परिवारका सदस्यहरुको विवरण दर्ता गर्न आग्रह गरेको छ ।