१६ चैत्र २०८०, शुक्रबार
Follow Us

घाइते पत्रकारलाई राहत

sarusaru
११ माघ २०७५, शुक्रबार ०२:२३

दाङ । नेपाल पत्रकार महासङ्घ दाङ शाखाको बैठकले दुर्घटनामा परी घाइते भएका कार्यसमिति सदस्य प्रेमविवश घर्ती र साधारण सदस्य अमर क्षितिज भण्डारीलाई रु पाँच/पाँच हजार राहत प्रदान गर्ने निर्णय गरेको छ।

यस्तै पत्रकार विकास डाँगीको आमाको उपचारका लागि रु १० हजार सहयोग गर्ने निर्णय गरेको छ। बैठकले पत्रकार डाँगीको आमाको उपचारका लागि आर्थिक अभाव भएका कारण सहयोग गरिदिन सबैलाई आह्वानसमेत गरेको छ।

पत्रकार महासङ्घ दाङका अध्यक्ष सविन प्रियासनको अध्यक्षतामा बसेको बैठकले घोराही उपमहानगरपालिकाले नेपाल पत्रकार महासङ्घको संस्थागत विकासका लागि विनियोजन गरेको बजेट पत्रकार महासङ्घको भवनको स्तरोन्नतिका लागि खर्च गर्ने निर्णय गरेको छ।

लामो समय पत्रकारिता क्षेत्रको विकासका लागि क्रियाशील रहेर नेपाल पत्रकार महासङ्घ दाङ शाखाका संस्थापक सदस्यसमेत रहेका टीकाराम रेग्मीले दिएको राजीनामा स्वीकृत गर्दै बैठकले विशेष सम्मानका साथ बिदाइ गर्ने निर्णयसमेत गरेको छ।
रासस