१३ बैशाख २०८१, बिहीबार
Follow Us

अश्लिल भिडियोबारे बोल्यो नेपाल प्रहरी

नेपालब्रिटेन डट कम्
११ माघ २०७५, शुक्रबार १७:४७

काठमाडौँ– सार्वजनिक सवारी साधनभित्र भएको अश्लिल क्रियाकलापसम्बन्धीे भिडियोका विषयमा प्रहरीले सुक्ष्म अनुसन्धान थालेको छ ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता उत्तमराज सुवेदीले सम्बन्धित एकाइबाट सुक्ष्म अनुसन्धान भइरहेकाले दोषी पत्ता लगाई कारवाही गर्ने बताए ।
प्रहरीले आजै एक विज्ञप्तिमार्फत हाल सामाजिक सञ्जालमा देखिएको अश्लिल भिडियोको सम्बन्धमा प्रहरीको गम्भीर ध्यानाकर्षण भएकाले घटनाको विषयमा स्पष्ट भएपछि सत्यतथ्य सार्वजनिक गर्ने जनाएको छ ।

महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले घटनाको अनुसन्धान शुरु भइसकेको जानकारी दिए ।