४ बैशाख २०८१, मंगलवार
Follow Us

प्रसुतिगृहमा कार्यरत डाक्टरकी छोरी अपहरित

नेपालब्रिटेन डट कम्
११ माघ २०७५, शुक्रबार १७:५३

काठमाडौँ– राजधानीको प्रसुतिगृहमा कार्यरत चिकित्सक बबिता शाहकी अपहृत दुई वर्षीया छोरीको शुक्रबार करीब आठ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

बिहान ८ बजे छोरीलाई घरमा छाडेर अस्पतालमा जाने बित्तिकै कोटेश्वरको खरिबोटस्थित घरबाटै अपहरणमा परेकी बालिकाको प्रहरीले अपराह्न ४ बजे सकुशल फेला पारेको हो ।
अपराह्न ४ बजे तिलगङ्गाबाट बालिका सकुशल फेला र अपहरणकारी धनुषाका मनिषकुमार गुप्ता फरार रहेकाले खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

बबिताले घरमा छोरा र एक जना काम गर्नेसँग छोरी छाडेर अस्पताल गएपछि करीब ९ बजेतिर छोरी हराएको खबर आएको बताइन् ।
घटना ८ः३० बजेतिरको भएको प्रहरीको अनुमान छ । उनले तत्कालै प्रहरी प्रभाग कोटेश्वरलाई खबर गरेपछि प्रहरी परिचालन भएको थियो ।

तत्कालै नम्बर र मान्छे पहिचान भएपछि बच्चा खोज्न सहज भएको प्रहरीले जनाएको छ ।