७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालको अध्यागमन बेलायतको जस्तै बनाउने महत्त्वकांक्षी योजना

नेपालब्रिटेन डट कम्
१२ माघ २०७५, शनिबार ०६:३०

लन्डन –नेपालको अध्यागमन अबको एक वर्षमा वेलायत, अमेरिका लागयत विश्वका विकससित मुलकको जस्तै बनाउने महत्वकांक्षी योजना अघि सारिएको छ ।
बेलायत भ्रमणमा रहेका अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले शुक्रवार लन्डनमा आयोजित एक कार्यक्रममा यस्तो योजना सुनाएका हुन् ।

गैरआवासीय नेपाली संघ युकले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पौडेलले नेपालको अध्यगनमलाई विश्वका अन्य देश सरह अपग्रेट गरिन लागिएको बताए । त्यसका लागि काम थालिसकिएको पनि उनको भनाई थियो ।
उनले भने, ‘अब हामीलाई करिब ८ महिना दिनुहोस् काठमाडौंमा उत्रिदा फरक पाउनुहुने छ ।’ उनले एनआरएनहरुलाई परेका समस्याको बारेमा समेत आफूहरु मिलेर कामन गर्न तयार रहेको बताए ।

कार्यक्रममा एनआरएनको तर्फबाट एनआरएन आइसीसी उपाध्यक्ष कुल आचार्य, एनआरएन यूके सल्लाहकार कृष्ण तिमल्सिना आइसीसी सदस्य रामशरण सिम्खडा र कुमारी गुरुङ, यूके सुल्लाहकार शिवजी श्रेष्ठ,र कृष्ण तिमिल्सिना, एनआरएन यूके उपाध्यक्ष शेर बहादुर सुनुवार र प्रेम गाहा मगर, महासचिव आरेक त्रिपाठी, उपमहासचिव विनय अधिकारी, एनआरएन रोड सेफटी संयोजक थर्क सेन, यती एसोशियनका महासचिव बाचस्पति रेग्मी लगायत सहभागी थिए ।

सो अवसरमा अध्यागमन विभागमा गैरआवासीय नेपालीले भोग्नुपरिरहेका समस्यालाई मध्यनजर बारेमा ज्ञापनपत्र समेत बुझाइएको थियो । कार्यक्रमको सभापतित्व अध्यक्ष योग कुमार फगामीले गरेका थिए भने संचालन राज कुमार त्रिपाठीले गरेका थिए ।
बेलायतको अध्यागमनबारे अध्ययन गर्न विभागका महानिर्देशक पौडेलसहित विमानस्थल अध्यागम प्रमुख राजेश पौडेल, निर्देशक विष्णुहरि उपाध्याय, गृह मन्त्रालयका सहसचिव चुडा न्यौपाने, वरिष्ठ अध्यागमन अधिकृत आनन्द पौडेल, कुलशेखर अर्याल र अध्यागम अधिकृत मञ्जु शर्मा सम्मिलित टोली बेलायत आएको हो ।