८ बैशाख २०८१, शनिबार
Follow Us

जर्सी सिटी शहर र ईन्द्रावती गाउँपालिकाबीच भगिनी सम्बन्ध

नेपालब्रिटेन डट कम्
१२ माघ २०७५, शनिबार ०६:४७

अमेरिकाको जर्सी सिटी शहर र नेपालको ईन्द्रावती गाउँपालिका बीच भगिनी बनाउन दुई नगर प्रमुख द्वारा आठ बुँदे ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

गत जनवरी २४ तारिखका दिन भगिनी सम्बन्ध (सिस्टर सिटी) बनाउन उक्त ऐतिहासिक सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । जर्सी सिटी शहरका नगर प्रमुख स्टेभन फुलप र ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामांग ले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यि दुई शहर र गाउँपालिका बिच हुने औपचारिक रूपमा भगिनी सम्बन्ध बनाउन जर्सी सिटी परिषद द्वारा गत डिसेम्वर १९ तारिखका दिन ऐतिहासिक परिषद प्रस्ताव पारित गरिएको थियो।

जर्सी सिटी मेयर स्टेभन फुलपकी सल्लाहकार तथा दुई शहर बिचकी विशेष दूतको रूपमा नियुक्त डा. विष्णुमाया परियारको पहल र नेतृत्वमा यि दुई शहर बिच भगिनी सम्बन्ध बनाउन सफल भएको हो। अन्य मुलुकको शहरसंग भगिनी सम्बन्ध बन्ने ईन्द्रावती गाउँपालिका विश्वमै नयाँ नेपालको पहिलो गाउँपालिका हो।

उक्त आठ बुँदे सम्झौता पत्रमा दुई शहर बिच शैक्षिक, प्राविधिक, साँस्कृतिक, कृषि, सामाजिक विकास, आर्थिक लगानी, वातावरणीय, आविष्कार, प्रसाशनिक साधनस्रोत, सुशासन ,खेलकूद लगायतका क्षेत्रमा आदानप्रदान गर्ने उल्लेख गरिएको छ।

नेपाली सामाजिक अभियन्ता एवं जर्सी सिटी नगर प्रमुख फुलपकि सल्लाहकार डा. बिष्णुमाया परियारले झण्डोत्तोलनको लागि पहल गरेकि थिईन् ।

ईन्द्रावती गाउँपालिका प्रमुख बंशलाल तामांग पूर्व अमेरिकी नेपाली गैर आवासीय नेपाली हुन् (एनआरएन) हुन्। उनी अस्थाई आवासीय पत्र ( ग्रिन कार्ड) त्यागेर नेपाल फर्केका उदाहरणीय नेता हुन्। सामाजिक अभियन्ता डा. परियारले दुई मुलुकका स्टेकहोल्डरहरूसंग लामो परामर्श पछि कर्मभूमिबाट मातृभूमि फर्किएका तामांगको योगदानको कदर गर्दै ईन्द्रावती गाउँपालिकालाई सिस्टर सिटी बनाउन चुनिएको हो।

मेयर तामांग प्रवासी नेपालीहरूले देख्ने सपनाको साकार रूप र उदाहरण हुन् भने डा. परियार अमेरिकामा रहेर नेपाल र नेपालीहरूको पहिचानको लागि विश्वस्तरमै कृयाशील सुपरिचित सामाजिक अभियन्ता हुन्।