६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल वायु सेवा निगमद्वारा अन्तर्राष्ट्रिय उडानको टिकटमा छुट दिने घोषणा

नेपालब्रिटेन डट कम्
१२ माघ २०७५, शनिबार १३:४७

काठमाडौँ– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यका आफ्ना यात्रुलाई टिकटमा छुट दिने भएको छ ।

निगमले काठमाडौँ–बैंकक–काठमाडौँ यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइप’ योजनाअन्तर्गत पाँच जनाको समूहमा टिकट खरीदमा एक जनालाई टिकट निःशुल्क गराउने भएको हो ।

आगामी तीन महीना जनवरी, फेबुअरी र मार्चसम्म यो योजना लागू हुने निगमले जनाएको छ । पर्यटन प्रवद्र्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ यस्तो छुट योजना ल्याइएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए ।

काठमाडौँ–बैंकक उडानका लागि टिकटमा हरेक यात्रुले मूल्य अभिवृद्धि करबाहेक रु १२ हजार तिर्नुपर्छ । निगमले यो गन्तव्यमा सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान भर्दै आएको छ ।

निगमसँग हाल दुई अन्तर्राष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छ् ।