१५ चैत्र २०८०, बिहीबार
Follow Us

ट्रम्पले हस्ताक्षर गरेसँगै अमेरिकामा सरकारी खर्च खुल्यो

नेपालब्रिटेन डट कम्
१२ माघ २०७५, शनिबार १३:५१

वासिङ्टन– अमेरिकामा लामो समयसम्म गतिरोध रहेको भनिएको सरकारी खर्चसम्बन्धी विवाद अहिलेका लागि अन्त्य भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा हस्ताक्षर गरेका छन् । जसका कारण यहाँको बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो ।

अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म सरकारी खर्चका लागि समस्या उत्पन्न भएको थियो । त्यसको अन्त्य गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प सहमत भएपछि आगामी तीन हप्ताका लागि बाटो खुलेको समाचारमा जनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धी विधेयकमा शुक्रबार अबेरतिर हस्ताक्षर गरेका हुन् । उनले सरकारी खर्चका लागि आगामी फेब्रुअरी १५ सम्म खर्च गर्न पाउनेगरी सो विधेयकमा हस्ताक्षर गरेको समाचारमा जनाइएको छ ।