१२ बैशाख २०८१, बुधबार
Follow Us

विधेयकको पक्ष र विपक्षमा प्रदर्शन

नेपालब्रिटेन डट कम्
१२ माघ २०७५, शनिबार १३:५४

 

काठमाडौँ–चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा आज माइतीघरमण्डलामा प्रदर्शन गरिएको छ ।

अनशनरत डा गोविन्द केसी र विजय थापाका पक्षधरले विद्येयकको पक्ष र विपक्षमा प्रदर्शन गरेका हुन् । सोलिडारिटी फर डा केसी एलाइन्सले शुक्रबार संसद्बाट पारित विद्येयक फिर्ता गर्न माग गरेका छन् भने थापाका समर्थकले सार्वभौम संसद्को सम्मान गदै विद्येयक लागू गराउन माग गरेका छन् ।

संसद्ले शुक्रबार बहुमतबाट विद्येयक पारित गरेको थियो । डा केसी समर्थकले ‘केसीसँग गरिएका सम्झौता पालना गर्नुपर्ने’, ‘विद्येयकबाट बनेको चिकित्सा शिक्षा आयोग चाहिँदैन’ जस्ता नारा लगाएका थिए ।
त्यसैगरी निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्तिः संयुक्त सङ्घर्ष समितिले ‘चिकित्सा शिक्षा विद्येयक कार्यान्वयन गर’, ‘शिक्षा, स्वास्थ्य र रोजगारजस्ता मौलिक अधिकार सुनिश्चित गर’ भन्दै प्रदर्शन गरेका छन् । चिकित्सा सुधारको माग गर्दै डा केसी गत पुस २५ गतेदेखि अनशनरत रहेका छन् ।