१३ बैशाख २०८१, बिहीबार
Follow Us

सशस्त्रका एसपीको दुर्घटनामा मृत्यु, सीडीओ घाइते

नेपालब्रिटेन डट कम्
१२ माघ २०७५, शनिबार १६:४१

काठमाडौं– बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको बा १ झ १६३३ नम्बरको गाडी दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । बाराका प्रजिअ भट्टराईको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।

बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा रोकिराखेको ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो ।

बिरगञ्जका एसपी रेवती ढकालका अनुसार बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईको बिरगञ्ज हेल्थ केयरमा उपचार भईरहेको छ । त्यहाँ सानो अपरेशन गरेर नेपाली सेनाको हेलिकप्टरका काठमाडौं पठाउने तयारी भईरहेको उनको भनाई छ।