१५ चैत्र २०८०, बिहीबार
Follow Us

शेर्पा केदुंगको सरकारी श्रोतमेला

नेपालब्रिटेन डट कम
१२ माघ २०७५, शनिबार २३:०८

सामुदायीक गतिविधिमा अग्रणी संस्था शेर्पा केदुंगले सरकारी श्रोतमेला आयोजना गरेको छ । न्यूयोर्क शहरको २५ डिष्ट्रिकका काउन्सिलम्यान ड्यानियल ड्रम र अन्य सरकारि अधिकारीहरुको विशेष उपस्थितीमा हुने मेला ४१–०१, ७५ स्ट्रिट अल्महर्समा २७ जनावरी आइतबार दिउसो १ बजेदेखि ४ बजेसम्म चल्नेछ ।

न्युयोर्कको नेपाली समुदायलाई लक्षित गरी  युनाईटेड शेर्पा एशोसिएसन न्यूयोर्कको आयोजनामा आम सेवाग्राहीलाई सिटीबाट प्राप्त हुने सेवा सुविधा र अवसरबारे जानकारी प्रदान गर्ने उद्धेश्यले उक्त सरकारी श्रोत मेलाको आयोजना गरिएको युनाईटेड शेर्पा एशोसिएसनका अध्यक्ष उर्गेन शेर्पाले बताउनुभयो !

एशोसिएसनले उक्त कार्यक्रममा उपस्थित भई अमेरिकि सरकारले प्रदान गर्ने सम्पूर्ण सेवाबाट भरपूर लाभ लिन नेपाली कम्युनिटी तथा सर्बसाधारणलाई अपिल गरेको छ !

आदीबासी जनजाती महासंघ (फिप्ना) को सहकार्यमा जनवरी २७ आईतवार हुन लागेको सरकारी श्रोत मेला दिनको १ बजेदेखि ४ बजेसम्म सन्चालन हुने अध्यक्ष शेर्पाले जानकारी गराएका छन !  

काउन्सिल मेम्बर डेनियल ड्रोम र युनाईटेड शेर्पाको संयुक्त पहलमा सिटीस्थित बिभिन्न डिपार्टमेन्टले आफ्ना स्टलमार्फत सहभागिहरुको प्रश्न र जिज्ञासालाई हल गर्ने आयोजकको भनाइ छ !

श्रोत मेलामा शिक्षा, लेबर, बाताबरण, हेल्थ, स्यानीटेसन, प्रहरी, फायर, इमिग्रेसन, कन्जुमर, सिभिल राइट, सेन्सस लगायत नेपाली सामाजिक संघ संस्थाहरुको सकृय सहभागिता रहने आयोजक युनाईटेड शेर्पाले जनाएको छ ! 

त्यस्तै, सोही दिन १ बजेदेखि ५ बजेसम्म युनाईटेड शेर्पा  एसोसियसनमै स्वास्थ्य सिविर चल्नेछ ! उक्त शिविरमा रक्त चाप, कोलस्ट्रोल, मधुमेह, तौल र उचाइ परिक्षण गरी उपलब्ध डाक्टर तथा नर्सबाट स्वास्थ्य परिक्षणको रिजल्ट त्यहि  बितरण गरिने अध्यक्ष उर्गेन शेर्पाले बताउनुभयो ! शिविरमा बिशेषत: ट्याक्सी ड्राइभरहरुका लागि अझ थप स्वास्थ्य सेवा प्रदान गरिने एसोसियसनले जनाएको छ ! 

एउटै स्थानमा सम्पूर्ण जानकारी तथा स्वास्थ्य सेवा प्रदान गरिने कार्यक्रममा सहभागि भइ मौकाको फाईदा लिन एसोसियसनले सबैलाई हार्दिक अनुरोध गरेको छ।

स्मरण रहोस्, युनाईटेड शेर्पा एसोसियसनले स्थापनाकालदेखि नै समाज, समुदाय र नेपालीलाई लक्षित गर्दै न्यूयोर्कमा  चेतनामुलक तथा जानकारीमुलक कार्यक्रमहरु गर्दै अाइरहेको छ !